खाडी देशका शेर्पालाई विश्व शेर्पा सम्मेलनमा विभेद गरियो

प्रथम विश्व शेर्पा सम्मेलन काठमाडौंको लाजिम्पाट स्थित रेडिसन होटलमा अायोजना भएको थियो सोही कार्यक्रममा विश्वका २२ वटा देशका शेर्पा प्रतिनिधिहरूको सहभागीता थियो । र उक्त कार्यक्रमको शिर्षक विश्व शेर्पा सम्मेलन राखिएता पनि सम्मेलनको झल्को भने विश्व शेर्पा सम्मेलनमा नभएको र विभिन्न देशका प्रतिनिधिहरुलाई स्वागत समेत नगरिएकोमा सबै प्रतिनिधिहरुले दुख व्यक्त गरिएको छ । र सोही कार्यक्रममा युरोपवाट अाएका प्रतिनिधिहरुलाई एकएक गरि मन्तव्य राख्न दिएता पनि मलेसिया, युएई, बहराइन, कतार, साईप्रसबाट अाएका प्रतिनिधिहरु लाई एक शब्द पनि मन्तव्य राख्ने मौका नदिएकोमा शेर्पा किदुग मलेसियाका अध्यक्ष ङावाङ नुरी शेर्पाले अाक्रोसमा Identity Card फालिएको र त्यति मात्रै नभाएर कार्यक्रम उद्घोषक नेपाल शेर्पा संघका महासचिव ङावाङ सोनाम शेर्पालाई मन्चमै गएर अाक्रोस पोखेका थिए । र उद्घोषक ङावाङ सोनाम शेर्पाले कार्यक्रमको तालिका बिश्व शेर्पा सम्मेलनका कार्यक्रम संयोजक तथा नेपाल शेर्पा संघ अध्यक्ष आङ दोर्जी शेर्पाले तयार पारिएको भनेपछि मलेशियाका प्रतिनिधि ङावाङ नुरी शेर्पाले झोकिदै आङ दोर्जी शेर्पालाई आक्रोस पोख्दै हामी खाडी मुलकका शेर्पाहरु चाहि शेर्पा हैनर भन्दै भनेपछि कार्यक्रम संयोजक आङ दोर्जी शेर्पाले प्रतिनिधि ङावाङ नुरी शेर्पा संग माफी मागेको शेर्पा किदुग मलेशियाका अध्यक्ष तथा मलेसियाका प्रतिनिधि ङावाङ नुरी शेर्पाले जानकारी दिए ।

it's only fair to share.. follow admin Twitter:@khumbule_nima Tweet about this on TwitterShare on FacebookShare on Google+Share on TumblrPin on PinterestPrint this page